काठमाडौँ, २८ साउन । कान्तिपुर दैनिकका पत्रकार बलराम बानियाँ मृत अबस्थामा फेला परेका छन् ।
महानगरीय अपराध महाशाखाका अनुसार बानियाँको मृत शरीर मंगलबार बिहान ११ बजेतिर मकवानपुरको सिस्नेरीस्थित मान्डू जलविद्युत् परियोजना क्षेत्रमा फेला परेको हो । हाल उनको शव हेटौंडा अस्पतालमा राखिएको छ ।
बानियाँ सोमबार दिउँसोदेखि सम्पर्कविहीन भएका थिए । सोमबार बल्खुचोकमा देखापरेको प्रहरीले जनाएको छ । बल्खुमा प्रहरीको गस्ती टोलीले सोमबार दिउँसो देखेपछि उनलाई सोधपुछ गरेको थियो । त्यसपछि उनी घर जाने भन्दै बल्खु खोलाको पुलमुनितर्फ लागेको देखिएको प्रहरीले जनाएको छ । पुलमुनि जाँदै गर्दा उनको जुत्ता हिलोमा अड्किएको र त्यसपछि खोलाको पानीमा लडेपछि स्थानीयले उद्धार गर्ने प्रयास गरेका थिए । तर पानीको अत्याधिक वहाबले गर्दा उद्धार गर्न नसकेको स्थानीयले बताएका छन् । त्यसबेला उनको पहिचान खुल्न सकेको थिएन । पत्रकार बानियाँ कान्तिपुर दैनिकमा कार्यरत थिए ।
प्रतिक्रिया दिनुहोस्