दाङ, २९ साउन । दाङमा एम्बुलेन्स दुर्घटना हुँदा चालकसहित चार जना घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार विहीवार विहान रा १ च ३४८ नम्वरको एम्बुलेन्स दुर्घटनामा हुदा चालक दंगिशरण गाउँपालिका वडा नं. २ निवासी ३४ वर्षीय मिठुकुमार चौधरी र तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ निवासी ४४ वर्षीय पुष्पा पुन मगर घाइते भएका हुन ।
उनीहरु दुबै जनालाई उपचारका लागि बाँकस्थित कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । दुर्घटनामा परि मगरकी छोरी २१ वर्षीया छोरी रोजिना बोहोरा पनि घाइते भएकी छन् । उनका अवस्था भने सामान्य रहेको प्रहरीले बताएको छ ।
पुष्पाका पति लोकबहादुर पुनलाई रक्तचापको समस्या बढेपछि उपचारका लागि उनीहरू बाँके लगेर गएका थिए । उनको मृत्यु भएपछि नेपालगञ्जबाट शव बोकेर तुलसीपुरतर्फ आउँदै गर्दा एम्बुलेन्स तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ स्थित अम्राई खोलामा अनियन्त्रित भइ दुर्घटनामा परेको थियो।










प्रतिक्रिया दिनुहोस्