समाचार

आजको मौसम



काठमाडौँ, ३१ साउन । पानी पार्ने मनसुनी न्यूनचापीय रेखा नेपालको पश्चिम नजिकै रहेकाले मध्य र पूर्वको तुलनामा पश्चिमका धेरै ठाउँमा पानी पर्ने र केही ठाउँमा ठूलो पानी पर्ने संभावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अबको तीन दिन पश्चिमका केही ठाउँमा ठूलो पानी पर्ने छ । आज दिउँसो गण्डकी प्रदेश, कर्णाली प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने संभावना रहेको छ ।

तुलनात्मक रुपमा प्रदेश १, प्रदेश २ र वाग्मती प्रदेशमा ठूलो पानी कम पर्नेछ । स्थानीय वायुको प्रभावले नजिकै कतै ठूलो पानी परे पनि नजिकै अर्को ठाउँमा नपर्न पनि सक्नेछ । यस्तै राति गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने संभावना रहेको महाशाखाले जनाएको छ ।