समाचार

आजको मौसम



काठमाडौँ, ३२ साउन । नेपालमा मनसुनी न्युन चापीय रेखा हाल दक्षिण तर्फ अवस्थित रहेको र बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्रको प्रभाबका कारण जलवाष्पयुक्त हावा देशभर भित्रिएकोले देशभर आँशिकदेखि सामान्य बदली भएको रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल देशभर हाल आँशिकदेखि समान्य बदली भइरहेको छ । आज दिउँसो देशभर आँशिकदेखि समान्य बदली रही केहि स्थानहरुमा मेघगर्जन, चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यसैगरी, राति देशभर सामान्यतया बदली रही केहि स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।