काठमाडौँ, ३२ साउन । भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या भने ५९ हजार ८४ पुगेको वल्डओमिटरले जनाएको छ । शनिबार मात्रै त्यहाँ ९ सय ५० जनाको मृत्यु भएको छ ।
भारतमा दिनदिनै कोरोना भाइरस संक्रमितको संख्याले नयाँ रेकर्ड कायम गर्दै आएको छ । भारतमा पछिल्लो २४ घण्टाभित्र ६३ हजार ९ सय ८६ नयाँ कोरोना संक्रमण भएको पाइएको छ । अहिले भारत विश्वका धेरै कोरोना संक्रमित मुलुकहरुको तेस्रो स्थानमा रहेको छ ।
अहिले भारतमा कोरोना भाइरस संक्रमितको संख्या २५ लाख ८९ हजार २०८ पुगेको छ । अहिले भातरमा ६ लाख ७२ हजार बढी सङ्क्रमित अवस्था मै रहेका छन् । तीमध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था भने गम्भीर रहेको छ । त्यसैगरी १८ लाख ६० हजार जना सङ्क्रमण मुक्त भएर घर फर्किसकेका छन् ।
भारतमा कोभिड–१९ नियन्त्रण गर्ने उद्देश्यले गत मार्चमा लगाइएको लकडाउन खुकुलो पारेसँगै संक्रमणमा विस्तार भएको हो । भारत सरकारले जुन ८ मा लकडाउन घोषणा गरेको थियो । त्यतिबेलासम्म भारतमा संक्रमितको संख्या ५ सयको हाराहारीमा थियो ।










प्रतिक्रिया दिनुहोस्