Banner News

थप ६४१ जनामा कोरोना संक्रमण, संक्रमित संख्या २६ हजार ६ सय नाग्यो



काठमाडौँ, ३२ साउन । थप ६४१ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या २६ हजार ६ सय ६० जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार  १२ हजार २ सय ४७ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा आज ६४१ जनामा कोरोना संक्रमित पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार आज २३४ डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या १७ हजार ३ सय ३५ जना रहेको छ भने मृत्यु हुनेको संख्या १०४ जना पुगेको छ ।