काठमाडौँ, १ भदौ । ब्राजिलमा कोरोना संक्रमित एकै दिन २२ हजार थपिएका छन् ।
पछिल्लो २४ घण्टामा २२ हजार ३६५ जना संक्रमित थपिएका हुन् । यो सँगै ब्राजिलमा संक्रमित हुनेको संख्या ३३ लाख ४० हजार १९७ पुगेको छ ।
त्यस्तै ब्राजिलमा कोरोना संक्रमणबाट मृत्यु हुनको संख्या १ लाख ७ हजार ८७९ पुगेको छ । ब्राजिलमा २४ लाख ३२ हजार ४५६ जना संक्रमणमुक्त भएका छन् भने ७ लाख ९९ हजार ८६२ जनाको उपचार भइरहेको छ ।










प्रतिक्रिया दिनुहोस्