एजेन्सी, १ भदौ । अमेरिकामा कोरोना भाइरसको संक्रमणले १ लाख ७३ हजारभन्दा बढीको मृत्यु भएको वर्ल्डोमिटर्सले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ५२२ जनाको मृत्यु भएसँगै अमेरिकामा कोरोना संक्रमणकै कारण ज्यान गुमाउनेको संख्या १ लाख ७३ हजार १२८ पुगेको छ ।
यस्तै अमेरिकामा कोरोना संक्रमितको संख्या ५५ लाख ६६ हजार ५७९ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म २९ लाख २२ हजार ७१० जना संक्रमणमुक्त भएका छन् ।
उपचार गराइरहेका २४ लाख ७० हजार ७४१ जनामध्ये १७ हजार २३७ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्