Banner News

थप ५८१ जनामा कोरोना संक्रमण, संक्रमित संख्या २७ हजार नाग्यो



काठमाडौँ, १ भदौ । थप ५८१ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या २७ हजार २ सय ४१ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज ५८१ जनामा कोरोना संक्रमित पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार आज १६० डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या १७ हजार ४ सय ९५ जना रहेको छ भने मृत्यु हुनेको संख्या १०७ जना पुगेको छ ।