काठमाडौँ, २ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)लाई कोरोना रोक्ने विस्तृत योजना तयार पार्न निर्देशन दिनुभएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकमा उहाँले कोरोना अनियन्त्रित हुँदै गएको भन्दै रोकथामको लागि विषेश रणनीति तयार पार्न निर्देशन दिनुभएको हो । बैठकमा अधिकांश मन्त्रीहरुले कोरोना रोकथामका लागि सरकारले तत्काल कदम चाल्नुपर्ने आवाज उठेपछि सीसीएमसीलाई सो निर्देंशन दिनुभएको स्रोतले जनाएको छ ।
प्रधानमन्त्री ओलीले आगामी बिहीबार बस्ने मन्त्रिपरिषदको बैठकले कोरोना रोकथामको रणनीति तय गर्ने बताउनुभएको छ । केही मन्त्रीले १५ दिनका लागि लकडाउन घोषणा गर्नुपर्ने सुझाव समेत दिएका एक मन्त्रीले जानकारी दिनुभयो ।
कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि आवश्यक योजना तयार गर्न सिसिएमसीलाई निर्देशन दिने । सिसिएमसी बैठकले योजनासहितको प्रतिवेदन ल्याएपछि त्यस विषयमा छलफल गरेर मन्त्रि परिषद्बाट निर्णय लिने, परराष्ट्र मन्त्रालयका सहसचिव तापस अधिकारी, गेहेन्द्र राजभण्डारी, रामकाजी खड्कालाई राजदूतमा सिफारिस गर्ने, युवा तथा साना स्वरोजगार कोषको उपाध्यक्षमा डा. कल्याण रोकालाई नियुक्त गर्ने, प्रेस काउन्सिल नेपालको कार्यबाहक अध्यक्षमा पोखराका पत्रकार दुर्गा भण्डारी लाई नियुक्त गर्ने, बाढी पहिरोमा परी ज्यान गुमाउनेलाई क्षतिपूर्ति उपलब्ध गराउने र घाइतेको सरकारले उपचार गर्ने । घाइते सबैको शिघ्र स्वास्थ्यलाभको कामना गर्ने निर्णय समेत गरेको छ ।
त्यस्तै कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)द्वारा सबै उद्धार उडान रद्द गर्न विदेशस्थित दूतावासहरुलाई निर्देशन दिएको छ ।










प्रतिक्रिया दिनुहोस्