काठमाडौँ, २ भदौ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ ।
उहाँकी बुहारी विजेता घिमिरेका अनुसार राष्ट्रकविको निधन उहाँकै निवासमा आज साँझ ५ः५५ बजे निधन भएको हो ।
कवि घिमिरे स्वास प्रश्वास समस्या देखिएपछि उहाँ विगत चार महिनादेखी आफ्नै निवासमा अक्सिजन दिएर घरमा नै उपाचार गरिरहनुभएको थियो ।
लम्जुङको पुस्तुन गाउँमा १९७६ साल असोज ७ गते जन्मिएका घिमिरेको १०१ वर्षको उमेरमा मंगलबार निधन भएको हो । नेपाली साहित्यको मध्यकालदेखि आधुनिक कालसम्म उहाँको महत्वपूर्ण योगदान रहेको छ । घिमिरे नेपाली पद्य कवितामा सबैभन्दा धेरै लोकप्रिय हुनुहुन्थ्यो ।
प्रतिक्रिया दिनुहोस्