काठमाडौँ, ३ भदौ । थप ६८१ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या २८ हजार ९ सय ३८ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ११ हजार ५२२ जनाको परीक्षण गर्दा ६८१ जनामा कोरोना संक्रमित पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार आज १२० डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या १७ हजार ७ सय रहेको छ भने मृत्यु हुनेको संख्या १२० जना पुगेको छ ।










प्रतिक्रिया दिनुहोस्