अर्थ

नेप्से परिसूचक साढे १६ अङ्कले घट्यो



काठमाडौँ, ३ भदौ । नेप्से परिसूचक बुधबार साढे १६ अङ्कले घटेको छ ।

बुधबार परिसूचक १६ दशमलव ६ अङ्कले घटेर १३ सय ९१ दशमलव २९ अङ्कमा झरेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।

सबैभन्दा धेरै जीवन बिमा समूहको परिसूचक १३६ दशमलव ५९ अङ्कले घटेको छ । बुधबार दिनभर ९७ करोड ६२ लाख रुपैयाँ बराबरका २४ लाख ७४ हजार कित्ता शेयर किनबेच भएकाे नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।