समाचार

आजको मौसम



काठमाडौँ, ६ भदौ । हाल देशका धेरै ठाउँको मौसम खुलेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार काठमाडौँ उपत्यकासहित धेरै ठाउँमा घाम लागेको छ । तर, आज दिउँसोतिर देशका १र२ ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ ।

प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका १र२ ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यस्तै आज राति पनि देशभर सामान्यतया बदली रही केही ठाउँहरुमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ । वाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेशका र सुदूरपश्चिम प्रदेशका एकरदुई ठाउँमा राति पनि ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यसैबीच, ठूलो पानी पर्ने ठाउँ नजिकका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू(क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्क बन्न महाशाखाले आग्रह गरेको छ ।