समाचार

१५ दिनको शिशुमा कोरोना संक्रमण पुष्टि



काठमाडौँ, ६ भदौ । काठमाडौँको नागार्जुन नगरपालिकामा १५ दिनको शिशुमा नोवल कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।

नगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत एक अधिकारीका अनुसार ती शिशुको बिहीबार पोजेटिभ रिपोर्ट आएको हो ।

‘कन्ट्याक्ट ट्रेसिङ’ का क्रममा शिशुको कोरोना परीक्षण गरिएको थियो । गत सोमबार ती शिशुका ३४ वर्षीय बुबालाई सास फेर्न गाह्रो भएपछि सातदोबाटोस्थित एक निजी अस्पताल लगिएको थियो । अस्पतालले बिरामीको उपचार गर्न नमानेपछि पाटन अस्पताल पुर्या इयो । उनका बाबु मार्केटिङ रिप्रेजेन्टेटिभ हुन् । उनीबाट नै शिशुमा कोरोना सरेको बताइएको छ ।

त्यसपछि शिशुको आमा र हजुरबुबाको समेत रिपोर्ट पोजेटिभ आएको छ । एकाघरमा बस्दै आएका शिशुका हजुरआमा र काकाको भने रिपोर्ट नेगटिभ आएको छ ।