विश्व

अबको दुई वर्षभित्रमा कोरोना नियन्त्रणमा आउँन सक्ने डब्लूएचओको भनाइ



एजेन्सी, ६ भदौ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले अबको दुई वर्षभित्रमा कोरोना भाइरस नियन्त्रणमा आउन सक्ने आशा गरेको छ ।

संगठनका महानिर्देशक डाक्टर टेड्रोस एडनाम गेब्रेयेससका अनुसार सन् १९१८ मा फैलिएको स्पेनिस फ्लूको तुलनामा कोरोना नियन्त्रणमा आउन सक्ने देखिएको छ । अहिलेको उपचार पद्धतिले कोरोनालाई दुई वर्षभित्रमा नियन्त्रणमा लिन सक्ने उनले बताए ।

उनले एक अर्कोको सम्पर्कमा आएकै कारण विश्वमा कोरोना फैलिएको पनि बताए । स्पेनिस फ्लूका कारण सन् १९१८ देखि १९२० सम्ममा कम्तीमा पाँच करोड मानिसको ज्यान गएको थियो । कोरोना भाइरसका कारण विश्वभर अहिलेसम्म झण्डै ८ लाख मानिसको ज्यान गएको छ ।