समाचार

चितवनमा थप २० जनामा कोरोना पुष्टि



चितवन, ८ भदौ । मेडिकल कलेजको प्रयोगशालामा गरिएको परीक्षणमा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

उनीहरूमध्ये १४ जना चितवनका, नवलपुरका चार, मकवानपुर, गोरखा र बाराका एकरएक जनामा पनि कोरोना पोजेटिभ देखिएको छ ।

चितवन मेडिकल कलेज स्वाब संकलन केन्रबाट स्वाब संकलन गरिएका संक्रमितहरु २० देखि ७४ वर्षसम्मका छन् । आइतबार गरिएको परीक्षणको रिपोर्ट सोमबार सार्वजनिक गरिएको हो ।