अर्थ

आज पनि घट्यो सुनचाँदी मूल्य



काठमाडौँ, १० भदौ । आज पनि सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन पाँच सय रुपैयाँले घटेर प्रतितोला ९६ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला ९६ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनी घटेर १३ सय १० रुपैयाँ कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।