काठमाडौँ, १२ भदौ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १९५ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार बितेको २४ घण्टामा कोरोनाबाट थप १२ जनाको मृत्यु भएसँगै देशभर कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १९५ पुगेको हो ।
मृत्यु हुनेहरुमा मोरङका २ जना, भक्तपुर र मकवानपुरका १/१ जना रहेका छन् । यस्तै उदयपुर, पर्सा, धनुषा, सिरहा, झापा, चितवन, कास्की र रुपन्देहीका १/१ जना रहेका छन् ।










प्रतिक्रिया दिनुहोस्