समाचार

चितवनमा थप २६ जनामा कोरोना पुष्टि



चितवन, १३ भदौ । चितवनमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पताल कोभिड १९ परीक्षण प्रयोगशालामा शुक्रबार राति गरिएको परीक्षणमा चितवनका १५ जना र अन्य जिल्लाका ११ जना गरी २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिकाका १४ मध्ये ८ जना पुरुष रहेका छन् भने बाँकी महिला रहेका छन् । रत्ननगर नगरपालिकाकी संक्रमित भने वडा नं ८ की ५६ वर्षीया महिला हुन् ।

संक्रमित हुनेमा अन्य जिल्लाका ११ जनामध्ये गोरखाका २ जना, नवलपुरका २ जना, सप्तरीका २ जना, र दैलेख, बारा, गुल्मी, सुर्खेत मोरङका एकरएक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।