Banner News

थप ८८४ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ३७ हजार नाग्यो



काठमाडौँ, १३ भदौ । थप ८ सय ८४ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ३७ हजार ३ सय ४० जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार ११ हजार ५ सय १६ वटा स्वाब परीक्षण गर्दा आज ८ सय ८४ जनामा कोरोना संक्रमित पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार आज ३१३ डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या २० हजार ५ सय ५५ जना रहेको छ । आज १२ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या २ सय ७ जना पुगेको छ ।