काठमाडौँ, १५ भदौ । आइतबार कतारको श्रम तथा सामाजिक विकास मन्त्रालयले नेपालीको प्रमुख गन्तव्य कतारले अदक्ष श्रमिकको न्यूनतम तलब कम्तिमा एक हजार कतारी रियाल (३० हजार रुपैयाँ) तोकेको छ ।
मन्त्रालयले न्यूनतम पारिश्रमिकसँगै ५ सय कतारी रियाल बस्नका लागि र ३ सय रियाल खानका लागि तोकेको छ । यो नियम यसअघि करार सम्झौतामा उल्लेख गरे पनि दिने गरिएको थिएन । अब कतार जाने श्रमिकले खान, बस्न र मासिक तलबसहित न्यूनतम १८ सय कतारी रियाल पाउनेछन् ।
कतारले रोजगार परिवर्तन गर्नका लागि रोजगारदाताको अनुमति (रिलिज पेपर) चाहिने बाध्यकारी नियमलाई पनि हटाएको छ । यो घरेलु श्रमिकको हकमा पनि लागू हुनेछ ।
यो तलब कार्यान्वयनमा आएपछि कतार सबैभन्दा बढी न्यूनतम तलब दिने रोजगारदाता मुलुक बन्नेछ । नेपाल सरकारले २०१३ देखि अदक्ष श्रमिकका लागि न्यूनतम तलब ९ सय रियाल र खानाबापत तीन सय रियाल गरी १२ सय रियाल निर्धारण गरेको थियो ।










प्रतिक्रिया दिनुहोस्