सुर्खेत, १५ भदौ । प्रमुख जिल्ला अधिकारी (सीडीओ) हिरालाल रेग्मीलाई सामाजिक सञ्जालमा गाली गरेको आरोपमा एकजना युवक पक्राउ परेका छन् ।
निषेधाज्ञा हटाउन गरेको निर्णयको आलोचना गर्दै सीडीओ रेग्मीविरुद्ध अपशब्द लेखेको आरोपमा वीरेन्द्रनगर(१२ का राजन चालिसे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । हामारीका बेला फेसबुकमा प्रजिअलाई गाली गरेकाले पक्राउ गरेर अनुसन्धान गरिरहेका प्रहरीले जनाएको छ ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा भदौ एक गतेदेखि स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा १२ गतेदेखि हटाउने निर्णय गरेको थियो । यो निर्णयको विरोध गर्दै ती युवकले फेसबुकमा आफू सुरक्षित छु भन्दैमा जनता मार्ने भन्दै स्टाटस राखेका थिए ।










प्रतिक्रिया दिनुहोस्