काठमाडौँ, १६ भदौ । भारतमा कोरोनाबाट पछिल्लो २४ घण्टामा ८१८ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ६५ हजार ४३५ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।
पछिल्लो २४ घण्टामा २४ घण्टामा भारतमा कोरोना संक्रमितको संख्या ६८ हजार ७७० जना पुगेका छन् । योसँगै भारतमा कोरोना संक्रमितको संख्या ३६ लाख ८७ हजार ९३९ पुगेको छ ।
त्यस्तै संक्रमितमध्ये अहिलेसम्म २८ लाख ३७ हजार ३७७ जना संक्रमणमुक्त भएका छन् भने ७ लाख ८५ हजार १२७ जनाको उपचार भइरहेको छ ।
अहिले भारत विश्वका धेरै कोरोना संक्रमित मुलुकहरुको तेस्रो स्थानमा रहेको छ । एसियाली देशहरूमा भने सबैभन्दा बढी कोरोना भाइरसक संक्रमितहरू भारतमै फेला परेका छन् ।










प्रतिक्रिया दिनुहोस्