राजनीति

वीर अस्पतालका थप १३ कर्मचारीमा कोरोना पुष्टि



काठमाडौँ, १७ भदौ । वीर अस्पतालका नर्ससहित थप १३ जना कर्मचारीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

अस्पतालका निर्देशक डा। केदार सेन्चुरीका अनुसार थप १३ जनामा संक्रमण पुष्टि भएको हो । उनले संक्रमितहरूमा नर्स र सरसफाइका कर्मचारी रहेको जनाए ।

संक्रमितहरूको पूरा विवरण भने आउन बाँकी रहेको उनले बताए । मंगलबार १३ जना संक्रमित थपिएसँगै अस्पतालमा संक्रमित हुनेको संख्या ७१ पुगेको छ ।