Banner News

थप ११२० जनामा कोरोना संक्रमण, संक्रमित संख्या ४१ हजार नाग्यो



काठमाडौँ, १७ भदौ । थप १ हजार १ सय २० जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ४१  हजार ६ सय ४९ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज १ हजार १ सय २० जनामा कोरोना संक्रमित पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार आज १ हजार १ सय १२ डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या २३ हजार २ सय ९० जना रहेको छ । आज १२ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या २ सय ५१ जना पुगेको छ ।