भक्तपुर, १७ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले आफुले प्रयोग गर्ने निजी सवारी साधन (मोटरसाईकल) नेपाल प्रहरीलाई हस्तान्तरण गर्नुभएको छ ।
विश्वमा महामारिको रुपमा फैलिएको कोरोना (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणको लागि अग्रभागमा रही निरन्तर आफ्नो ज्यानलाई जोखिम मोलेर जनताको सेवामा समर्पित हुनेपर्ने भएकाले उहाँ गुण्डु अस्थायी प्रहरी चौकीलाई हस्तान्तरण गर्नुभएको हो ।
हस्तान्तरण गर्दै सांसद बस्नेतले कोभिड १९ को संक्रमण रोकथाममा गुण्डुस्थित चौकीका प्रहरीहरुको भूमिकालाई अझ प्रभावकारी बनाउन आफ्नो निजी मोटरसाइकल हस्तान्तरण गरेको बताउनुभयो । उहाँले कोरोना महामारीको संक्रमण समुदायस्तरमा थप फैलिन नदिन संघ, प्रदेश र स्थानीय सरकारका जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्य कर्मी, प्रहरीको सक्रियता र भूमिका महत्वपूर्ण रहनुपर्ने बताउनुभयो ।
मुलुकको विषम् परिस्थितीमा हुनेले सहयोग गर्नुपर्ने र नहुनेले सहयोग लिई कोरोनाको नियन्त्रण तथा रोकथाम गर्नुपर्नेमा जोड दिँदै उहाँले जो जहाँ रहुनुभएको छ, उहाँहरुले सरकारले निर्देशन गरेको मानिसको जीवन रक्षाको लागि पालना गर्नुपर्ने माक्सका प्रयोग, सेनेटाइजरको प्रयोग, भौतिक दुरीको कायम, अत्यावश्यक कामभन्दा बाहेकमा बाहिर ननिस्कनेलगायतका कुराहरु पालना गर्नु आम नागरिकलाई आग्रह समेत गर्नुभयो ।
त्यस्तै सांसद बस्नेतकै उपस्थितीमा गुण्डमा नै सूर्यविनायक नगरपालिकाले आयोजना गरेको टोल टोलमा पुगी काेराना संक्रमितहरुकाे नजिक सम्पर्कमा रहेका ब्यक्तिहरुकाे स्वास्थ टाेलीले पिसिआर परिक्षणको स्वाब संकलन गरिएको छ । त्यस्तै नगरपालिकाको वडा नं. ४ मा पनि आज नै २७ जनाको स्वाब संकलन गरिएको छ । जनताको जीवन रक्षाको निम्ती नगरपालिकाले संक्रमित मानिसहरुको पहिचान गरी ट्रेसिङ गरी स्वाब संकलनको कार्यलाई तिव्रता दिइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्