चितवन, १८ भदौ । चितवनमा थप एकजना कोरोना संक्रमित महिलाको उपचारको क्रममा मृत्यु भएको छ ।
भरतपुर महानगरपालिका–११ निवासी ४० वर्षीया महिलाको गएराति चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । अस्पतालका निर्देशक डा।दयाराम लम्सालका अनुसार उनमा झाडापखाला, खोकी र सोडियमको मात्रा कम थियो ।
उनको भदौ १० गते कोरोना रिपोर्ट पोजिटिभ आएको थियो । अवस्था जटिल भएपछि ती महिलालाई आइसियूमा भेन्टिलेटरको सहायतामा राखिएको थियो । चितवनमा कोरोनाबाट हालसम्म १८ जनाको मृत्यु भएको छ ।










प्रतिक्रिया दिनुहोस्