काठमाडौँ, १८ भदौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सम्पन्न भएको छ ।
आज प्रधानमन्त्री निवास वालुवाटारमा भएको सचिवालय बैठकले पार्टीका उपाध्यक्ष बामदेजव गौतमलाई राष्ट्रिय सभामा सिफारिस गरेको छ । बैठकमा प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले गौतमलाई राष्ट्रियसभामा लैजाने पार्टीको निर्णय राष्ट्रपति समक्ष सिफारिश गर्ने जानकारी गराउनुभयो ।
कार्यदलको प्रतिवेदनमा बैठकमा छलफल भई ठोस कार्ययोजना बनाई सचिवालय र स्थायी कमिटीमा प्रस्ताव प्रस्तुत गरिने निर्णय भएको छ । त्यस्तै स्थायी कमिटीको बैठक निषेधाज्ञाको सहजतासँगै वस्ने समेत निर्णय गरेको छ ।
सरकारलाई प्रभावकारी बनाउन अघि बढ्ने साथै महाधिवेशनमा जाने गरी अघि बढ्ने समेत निर्णय गरेको छ । त्यस्तै सरकारको काम कारवाहीलाई प्रधावकारी बनाउन पार्टीको तर्फबाट महत्वपूर्ण भूमिका निर्वाह गर्ने निर्णय गरेको छ ।
बैठकमा प्रधानमन्त्री ओलीले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण, वाढी पहिरो पिडितको समस्या समाधान गर्ने, उद्धार, राहतका कार्यमा पार्टी तथा कार्यकर्तालाई निर्देशन दिएको छ ।










प्रतिक्रिया दिनुहोस्