राजनीति

महिलासम्बन्धी जघन्य अपराधलाई अन्त्य गर्दै उज्यालो भविष्य निर्माण गर्छौं: मन्त्री गुरुङ



काठमाडौँ, २० भदौ । महिला, वालवालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले नेपालमा मानव वेचविखन तथा ओसारपोसार लगायतका जघन्य प्रकारका अपराधलाई अन्त्य गर्दै उज्यालो भविष्यको निर्माणमा सरकार दृढताका साथ लागि परिरहेको बताउनुभएको छ ।

आज मानव वेचविखन तथा ओसारपसारको अन्त्यः सुसस्कृति, सभ्य समाज र सामाजिक रुपान्तरण अबको गन्तव्य भन्ने मुख्य नाराका साथ मानव बेचविखन तथा ओसापसार विरुद्धको १४औं प्रतिवद्धताका अवसरमा उहाँले सरकारको लक्ष्य नै महिला सम्बन्धी हुने विभिन्न प्रकारका जघन्य अपराधहरुको पूर्ण रुपमा अन्त्य गरी गाउँ गाउँमा ज्ञानको उज्यालो पुर्याउने र उद्यमशिलताको विकास गर्दै कामको खोजिमा आफ्नो थातथलो छोड्न बाध्म महिला तथा किशोरीहरुलाई देशभित्रै रोजगारीका अवसरको सिर्जना गर्ने उद्देश्यका साथ यसै वर्षदेखी सरकारले हरेक स्थानिय तहमा ‘महिला उद्यमशिलता सहजिकरण केन्द्र’को स्थापना गरेको बताउनुभयो ।