काठमाडौँ, २० भदौ । कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा थप ९ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थप ९ जनाको मृत्यु भएको जानकारी दिए । यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको कुल संखया २८० पुगेको छ ।
मृतकमा ३ महिला र ६ पुरुष रहेका छन् । मृतक महिला मोरङ, मकवानपुर र नवलपरासीका १/१ जना रहेका छन् । यस्तै काठमाडौंका ३ पुरुषको मृत्यु भएको छ । यस्तै पर्सा, महोत्तरी र रुपन्देहीका १/१ पुरुषको पनि मृत्यु भएको छ ।










प्रतिक्रिया दिनुहोस्