राजनीति

नेपाल एअरलाइन्सको टिकट काटेका ७० जना यूएईमै अड्किए



काठमाडौँ, २३ भदौ । यूएईबाट नेपाल एअरलाइन्समार्फत घर फर्कन टिकट काटेका ७० जना जरिवाना तिर्न नसक्दा यूएईमै रोकिएका छन् ।

नेपाल एअरलाइन्सका यूएई प्रतिनिधि टिकाराम पङ्गेनीका अनुसार समयअवधिभित्र स्वदेश फर्कन नपाउँदा लागेको ओभरस्टे बापतको जरिवाना तिर्न नसक्दा टिकट काटिसकेका ७० जना यूएईमै रोकिएको हो ।

टिकट काटेर घर फर्कन विमानस्थल पुगिसकेका नेपालीहरु यूएईको अध्यागमनमा जरिवाना बापतको रकम बुझाउन नसक्दा बिमानस्थलमै अड्किने क्रम बढेको छ ।

यूएईले मार्चभन्दा अघि भिसाको अवधि सकिएकालाई जरिवाना मिनाह गरिदिएपछि त्यसपछि भिसाको अवधि सकिएका र समय अवधिभित्र स्वदेश नफर्कनेलाई जरिवाना लिएको छ । भदौ १६ गतेदेखि यूएईबाट नियमित उडान खुलेको छ ।

तर जरिवाना तिर्न सक्दा कति नेपाली फर्कन पाएका छैनन् भने फर्कनेहरुमा पनि धेरैजसो जरिवाना तिरेरै फर्कने गरेको एअरलाइन्स कम्पनीहरुले जनाएका छन् ।