काठमाडौँ, २४भदौ । भौतिक पूर्वाधार तथा यातायात एवम शहरी विकासमन्त्री वसन्तकुमार नेम्बाङ्ग विश्व बैंकबीच छलफल भएको छ ।
विश्व बैंकले आयोजना गरेको सडक सुरक्षा सम्बन्धी भर्चुअल बैठकमा सहभागी हुनु भएको छ । बैठकमा सडक सुरक्षा तथा मन्त्रालय र विश्व बैंक बीच रहेको सहकार्यलाई निरन्तरता दिने विषयमा गहन छलफल भएको छ । त्यस्तै सडक सुरक्षा, सुरक्षित सवारी साधनको प्रयोग सम्बन्धी जनचेतना फैलाउन १८ बर्षदेखि २४ बर्षका युवा वर्गलाई लक्षित गरि Public service announcement (PSA) निर्माणको कन्सेप्टमा समेत छलफल भएको छ ।
बैठकमा मन्त्रालयका सहसचिव प्रमिलादेवी बज्राचार्य, सरोजकुमार प्रधान, अर्जुनजंग थापा र नेपालका लागि विश्व बैंकका कन्ट्री ड्राइरेक्टर फारिस हदाद जर्भोक लगायत विश्व बैंकका प्रतिनीधिहरु सहभागी रहनु भएको मन्त्री नेम्वाङ्गको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्