काठमाडौँ, २५ भदौ । आज देशका सबैजसो ठाउँको मौसम बद्ली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार प्रदेश नम्बर १ र ५ का केही ठाउँमा भने पानी परिरहेको र आज प्रदेश १ र ५ सँगै वाग्मती र गण्डकी प्रदेशका धेरै ठाउँमा वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै आज राति पनि केही ठाउँमा ठूलो वर्षा हुने र भोलि,पर्सि पनि देशभरको मौसम यस्तै रहने महाशाखाले जनाएको छ । दिउँसोको समयमा केहीबेर घाम लागे पनि फेरि बद्ली भएर पानी पर्ने यस्तै प्रदेश १, २ र ५ तथा वाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा बाढी पहिरोको सम्भावना रहेकाले सावधानि अपनाउन महाशाखाले आग्रह गरेको छ ।










प्रतिक्रिया दिनुहोस्