समाचार

आजको मौसम



काठमाडौँ, २६ भदौ । गर्दै न्युन चापीय रेखा औसत भन्दा माथि र नेपाल भन्दा दक्षिण तर्फ अवस्थित भएकाले आज ९शुक्रबार०देखि आइतबारसम्म देशभर मेघगर्जनसहित भारी वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज देशको अधिकांश भू-भागमा सामान्य बदली रहने छ । आज प्रदेश १, प्रदेश २, बागमती प्रदेश , गण्डकी प्रदेश र प्रदेश ५ का भू-भागका केही स्थानहरुमा मेघगर्जन र चट्यासहित पानी पर्ने सम्भावना रहेको छ । आज बिहानैदेखि काठमाडौं उपत्यकाको साथै गण्डकी प्रदेशका एकरदुई स्थानमा अहिले भारी वर्षा भइरहेको छ ।

आज प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही ठाउँहरूमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । त्यस्त्रै प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध छ ।