राजनीति

नेकपाको स्थायी कमिटी बैठक आज बस्दै



काठमाडौँ, २६ भदौ । आन्तरिक विवादका कारण झण्डै डेढ महिनादेखि स्थगित नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को स्थायी कमिटीको बैठक आज बस्दैछ । आज ११:०० बजे बस्ने स्थायी कमिटीको बैठकले पार्टीलाई अतीतमुखी कचिङ्गलबाट मुक्त गरेर सुन्दर भविष्यमुखी बनाउने अपेक्षा गरिएको छ ।

असारमा सुरु भएको बैठक विवादकै बीच पनि साउन १३ गतेसम्म बसेको थियो । तर त्यसपछि बैठक बस्न सकेको छैन । पार्टी भित्रको विवाद कम गर्न सचिवालयको बैठकले कार्यदल बनाएर प्रतिवेदन पनि तयार भइसकेको छ ।सोही अनुसार आज स्थायी कमिटीको बैठक बस्ने भएको हो ।

विवाद समाधान कार्यदलको प्रतिवेदनबारे छलफल, अमेरिकी सहयोग परियोजना एमसीसी र केही अन्य विषयमा सामान्य छलफल गरेपछि स्थायी कमिटीको बैठक आजै टुङ्ग्याउन पनि अध्यक्षद्धयबीच सहमति भएको छ ।