काठमाडौँ, २७ भदौ । थप १२ सय २ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ५३ हजार १ सय २० जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता ड.जागेश्वर गौतमका अनुसार १० हजार १ सय ७६ नमुना परीक्षण गर्दा १२ सय २ जनामा कोरोना संक्रमित पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार आज ८ सय ५२ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ३७ हजार ५ सय २४ जना रहेको छ । आज ११ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ३ सय ३६ जना पुगेको छ ।










प्रतिक्रिया दिनुहोस्