राजनीति

सांसद बस्नेतद्वारा आयोजनाको छड्के अनुगमनलाई तिव्रता



भक्तपुर, २८ भदौ । भनाई नै छ, ‘तँ आँट, म पुर्याउँछु । असम्भव भन्ने हुँदैन ।’ यसको चरितार्थ उदाहरणको लागि भक्तपुरलाई लिन सकिन्छ । वर्तमान जनप्रतिनिधि निर्वाचित भए पश्चात एक पछि अर्को गर्दै विकास र समृद्धिका सवै ढोकाहरु खुल्ला भएको जिल्लाको रुपमा परिचित नाम हो भक्तपुर ।

आजलाई मात्र नभई भोलीलाई भन्ने मान्यतालाई आत्मसात् गरी विकासको उज्यालो स्थानको रुपमा स्थापीत हुँदै गएको भक्तपुरमा ‘विकासमा एकता राजनीतिमा प्रतिपस्पर्धा’लाई सिरोधार्य गर्दै यो वा त्यो बहानामा विकासलाई रोक्ने वा छेक्ने अवस्था अत्याधिक न्युन रहेको छ । सडक, ढल, खानेपानी, विद्युत, वातावरण स्वच्छता, ग्रीनरी, पार्क, खेलकुद मैदानलगायतको विकास गरी पर्यटकीय प्रवद्र्धन, सांस्कृतिक प्रवद्र्धन, प्रकृतिक मनोरमलगायतका कुराहरुको विकासका साथै आर्थिक समृद्धिको समेत आधार तयार व्यापक मात्रामा हुँदै गएका छन् ।

भक्तपुरको विकासको वर्तमान लयमा लैजानको निम्ती सम्पूर्ण जनप्रतिनिधि, स्थानीयवासी, संम्बन्धीत निकायसँग सँगै प्रमुख भूमिका भने नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतको रहेको छ । आफ्नो जीवनको अभिन्न अंगको रुपमा भक्तपुरको विकासलाई बनाई १८ घण्टा विकास निर्माण तथा सामाजिक कार्यमा तल्लिन रहनुभएको छ

उहाँ भन्नुहुन्छ, ‘विगतमा भक्तपुरको विकास बक्ति मुनीको अध्यारो जस्तै भएको थियो । नेपालको केन्द्रीय राजधानीसँगै रहेको भक्तपुरमा विकासका आयोजनाहरुको बजेट २/४ करोड रहेको भन्ने हुन्थ्यो । तर अहिले करोड हैन, अरवौं रकम आउन थालेको छ । यसलाई सहि सदुपयो गरी भक्तपुरले विकास खोज्ने नभई अब विकासले भक्तपुर खोज्ने परिस्थिती सिर्जना हुँदैछ ।’

सांसद बस्नेतकै पहलमा चालु आर्थिक वर्षमा करिव चार सयभन्दा बढी आयोजनाहरु भक्तपुरमा पर्न सफल भएका छन् । उक्त आयोजनाहरुमात्रै निर्माण सम्पन्न गरिसक्ने हो भने शिक्षा, स्वास्थ्य, सडक, पुल, ढल, विद्युत, सञ्चारलगायतको कनेक्टीभिटी सवै तिर जोडिने स्पष्ट देखिएको छ । यो सँगै भक्तपुरवासीको विकास प्रतिको चाहना पुरा हुने भएको छ ।

भक्तपुर जस्तै नेपालका अधिकांश जिल्लाहरुमा तीन वटै तहका सरकारले बजेटको व्यवस्थापन गरेका छन् । तर कामले भने धेरै ठाउँहरुमा अपेक्षाकृत ढंगले गति लिन सकेको छैन । जसको मुख्य समस्या नै बजेटको व्यवस्थापन गर्ने तर अनुगमन, निरिक्षण, निरन्तर खवरदारीलगायतका कुराहरु नहुनु हो । जसले गर्दा विकास अपेक्षाकृत ढंगले नुहनेमात्र नभई बजेटको समेत व्यापक मात्रामा दुरुपयोग हुने गरेको पाइएको छ । तर भक्तपुरको सवालमा भने उक्त कुरा लागु हुँदैन ।