राजनीति

राष्ट्रपति भण्डारीद्वारा जोखिमयुक्त बस्ती स्थानानान्तरण गर्न ध्यानाकर्षण



काठमाडौँ, २८ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले जोखिमयुक्त बस्ती स्थानानान्तरण गर्न ध्यानाकर्षण गराउनुभएको छ ।

राष्ट्रपति भण्डारीले आइतबार साँझ ट्वीट गरी भौगोलिक संवेदनशीलताको अध्ययन गरेर जोखिमयुक्त बस्ती सुरक्षित क्षेत्रमा स्थानान्तरण गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गराउनुभयो । वि.सं. २०७२ को भूकम्पबाट थङ्थिलो बनेको सिन्धुपाल्चोक लगातार पहिराको जोखिममा परिरहेको र आज फेरि त्यसबाट जनधनको क्षति भएकामा राष्ट्रपति भण्डारीले दुःख व्यक्त गर्नुभयो । रासस