Banner News

थप ११७० जनामा कोरोना संक्रमण, संक्रमित संख्या ५५ हजार नाघ्यो



काठमाडौँ, २९ भदौ । थप ११ सय ७० जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ५५ हजार ३ सय २९ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार १० हजार ८ सय ७८ नमुना परीक्षण गर्दा ११ सय ७० जनामा कोरोना संक्रमित पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार आज ८ सय ७९ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ४९ हजार ५ सय ७६ जना रहेको छ । आज १५ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ३ सय ६० जना पुगेको छ ।