जनकपुरधाम, २९ भदौ । महोत्तरीको बर्दिवास नगरपालिकामा चट्याङ लागेर एकजना मजदुरको मृत्यु भएको छ ।
प्रहरीका अनुसार बर्दिबास नगरपालिका-२ बस्ने सोबेन्द्र चौधरीको खेतमा काम गर्न गएका भंगहा नगरपालिका-७ का ६० वर्षीय दुखा चौधरीको मृत्यु भएको हो ।
खेतमा काम गर्ने क्रममा वर्षा र हाबाहुरीका कारण प्रतिक्षालयमा ओत लागेर बसेका थिए । त्यसैबेला चट्याङले उनको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । मृतकको शवलाई जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा पोष्टमार्टम गराई आफन्तलाई बुझाइएको छ ।










प्रतिक्रिया दिनुहोस्