Banner News

राष्ट्रपति भण्डारीद्वारा राष्ट्रियसभामा उपाध्यक्ष गौतम मनोनीत: पदावधि ६ वर्ष



काठमाडौँ, १ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतम राष्ट्रियसभामा रिक्त १ सदस्यमा मनोनीत हुनुभएको छ ।

बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले उपाध्यक्ष गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गर्नुभएको हो । राष्ट्रपति भण्डारीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पठाएको सिफारिसका आधारमा तत्कालै नेता गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गर्नुभएको हो । गौतमको राष्ट्रियसभा सदस्यको पदावधि ६ वर्ष हुनेछ ।

गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेता गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।