घोराही, २ असोज । पूर्वपश्चिम राजमार्गअन्तर्गत दाङ देउखुरीको पिपरीमा नम्बर नखुलेको गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय भालुबाङका अनुसार गढवा गाउँपालिका वडा नं. ३ निवासी १८ वर्षीय प्रकाश कुँवर उपचारको क्रममा आज बिहान सवा ७ बजे लमहीमा मृत्यु भएको हो ।
उनलाई ठक्कर दिने गाडीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्