काठमाडौँ, २ असोज । गृहमन्त्री रामबहादुर थापाले बाढी, पहिरोबाट जोखिममा रहेका बस्तीहरुलाई स्थानान्तरण गर्ने र पीडीतहरुको इच्छाअनुसार सुरक्षित स्थानमा आवास निर्माण गर्ने बताएका छन् ।
आज प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री थापाले देशभर गत वर्ष भन्दा कम क्षति भएपनि यसवर्ष जेठ महिना यता ४९ जिल्लामा ३ सय ३९ जनाले ज्यान गुमाएको बताए । गृहमन्त्री थापाले प्रकृतिक प्रकोपका कारण एक सय भन्दा बढी मान्छे बेपत्ता भएको पनि बताए ।
थापाले प्रकृतिक प्रकोपका कारण एक सय भन्दा बढी मान्छे बेपत्ता भएको पनि बताए । प्राकृतिक प्रकोपबाट क्षति भएका संरचनाहरुको पूननिर्माणका लागि गृहमन्त्रालयले टोली गठन गरी अध्ययन गरिरहेको र प्रतिवेदन तयार भएपछि काम सुरु गरिने पनि गृह मन्त्री थापाले बताए ।
उनले जोखिममा रहेका बस्तीहरुलाई स्थानान्तरण गर्ने र पीडीतहरुको इच्छाअनुसार सुरक्षित स्थानमा आवास निर्माण गर्ने गरी दुई प्रकृतिको नीति अनुसार काम गरिएको पनि स्पस्ट पारे । जोखिम व्यवस्थापन तथा न्यूनिकरणका लागि पूर्वतयारीको कायमलाई विशेष जोड दिइएपनि अनुमान नगरिएका ठाउँमा समेत बाढी पहिरो जाँदा क्षति बढी भएको बताए ।










प्रतिक्रिया दिनुहोस्