काठमाडौँ, ४ असोज । थप १३ सय २५ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ६४ हजार ६ सय २२ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ९ हजार ५ सय ८४ नमुना परीक्षण गर्दा १३ सय २५ जनामा कोरोना संक्रमित पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार आज ९ सय ६६ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ४६ हजार २ सय ३३ जना रहेको छ । आज १० जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ४ सय ११ जना पुगेको छ ।










प्रतिक्रिया दिनुहोस्