समाचार

वीरगन्जमा कोरोनाबाट चार जनाको मृत्यु



वीरगन्ज, ५ असोज । वीरगन्जमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ ।

तीन जनाको आइतबार बिहान र एक जनाको शनिबार साँझ मृत्यु भएको छ । वीरगन्जस्थित नारायणी अस्पतालमा उपचाररत रौतहटको गौर नगरपालिका-१ का ६१ वर्षीय पुरुषको आइतबार बिहान साढे ७ बजे मृत्यु भएको हो ।

मृत्यु हुनेमा बाराको कलैया उपमहानगरपालिका-१३ बलिरामपुरकाख ६५ वर्षीय पुरुष, वीरगन्ज महानगरपालिका वडा नम्बर ६ रेशमकोठीका ८८ वर्षीय, वीरगन्ज-४ बिर्ताका ७८ वर्षीय व्यक्तिहरूकाे मृत्यु भएकाे छ।

वीरगन्जमा अहिलेसम्म कोरोनाका कारण मृत्यु भएका ६६ मध्ये २ पुरुषसहित पर्साका ४५ जना, बाराका १५ जना, रौतहटका ५ जना र सर्लाहीका एक जना रहेका छन् ।