काठमाडौँ, ६ असोज । बंगालको खाडी नजिक बनेको न्यूनचापीय क्षेत्रको प्रभावले आज, भोलि र पर्सि देशका विभिन्न ठाउँमा हिजोअस्तीको भन्दा धेरै पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज र भोलि मध्य र पूर्वको तुलनामा पश्चिममा अलि धेरै पानी पर्नेछ । आज वाग्मती, गण्डकी र प्रदेश ५ का एकदुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ ।
यस्तै देशभरि कै मौसम पूर्ण रुपमा खुल्ने सम्भावना पनि नभएको महाशाखाले जनाएको छ । मनसुन सकिन अझै केही दिन लाग्ने र यो वर्ष सकिन अझै तीन महिना बाँकी भएकाले वर्षाको रेकर्ड अझै बढ्नेछ । सामान्यतया जुन १० तारिखमा नेपाल भित्रिने मनसुन सेप्टेम्बर २३ मा बाहिरिने गरेपनि केही वर्षयता ढिला भित्रिएर ढिलै बाहिरिने गरेको छ । यो वर्ष नेपालमा दुई दिन ढिला गरी मनसुन भित्रिएको थियो भने धेरै ठाउँमा औषत भन्दा धेरै पानी पानी परेको छ ।










प्रतिक्रिया दिनुहोस्