काठमाडौँ, ५ असोज । रक्तचन्दन तस्करि गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय अपराध महाशाखा, बानेश्वरले २१ किलो ९ ग्राम रक्तचन्दनको दुई वटा मुढा बरामद हो । बौद्धमा रहेको डमरु कारखानाबाट रक्तचन्दनसहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोटका सुनिल तामाङ, ओमबहादुर तामाङ, कैलाश तामाङ र लाक्पा तामाङ छन् ।
ओमबहादुर तामाङ भारतको दिल्लीमा काम गर्दा एक व्यक्तिसँग भेट भएको थियो । लकडाउन सुरु भएपछि उनीहरु नेपाल आएर डमरु कारखानामा बसे । तिनै व्यक्तिले रक्तचन्दनका दुईवटा मुढा दिएर डमरु बनाइदिन भनेको बयान उनले प्रहरीमा दिएका छन् ।
अनुसन्धान अधिकृतहरूका अनुसार उनीहरुले डमरुमा रक्तचन्दन हाल्ने जिम्मेवारी मात्रै पाएका थिए । मुख्य व्यक्ति भने हालसम्म पक्राउ पर्न सकेका छैनन् । बरामद १६ किलो ४ ग्राम सय ग्राम र ५ किलो ९ सय ग्रामको रक्तचन्दन भने जिल्ला वन कार्यालय, काठमाडौंमा बुझाइएको छ । पक्राउ परेका व्यक्तिका अनुसार बरामद रक्तचन्दनको मूल्य १ लाख ८६ हजार १५० रुपैयाँ हो ।
प्रकरणमा फरार अन्य व्यक्तिको खोजी कार्य जारी रहेको महाशाखाले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्