काठमाडौँ, ७ असोज । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालयको बैठकले ८ वटा महत्वपूर्ण निर्णय गरेको छ ।
मंगलबार प्रधानमन्त्री निवास वालुवाटारमा बसेको सचिवालयको बैठकले ८ वटा निर्णयहरु गरेको हो । वैठकले सरकार र पार्टीबीचको सहकार्यलाई अझ बढी प्रभावकारी ढंगले अगाडी बढाई मुलुकको समृद्धिको यात्रामा जनमूखि निर्णय गर्दै जाने बताएको छ ।
१. संवैधानिक पििरषद्को बैठक बोलाई संवैधानिक नियुक्ति चोडो भन्दा चाडो गर्न सरकारलाई आग्रह,
२. सांगठनीक एकिकरणका बाँकी काम १० दिनभित्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव विष्णु प्रसाद पौडेललाई ठोस प्रस्ताव सचिवालयमा प्रस्तुत गर्ने,
३. विविध कार्यसूची अन्तरगतका अन्य विषयहरुलाई दुई तीन दिनभित्रै बैठक बसी छलफल गरी निष्कर्षमा पुग्ने
४. स्थायी कमिटीको निर्णयहरुलाई कार्यान्वयनका सम्बन्धमा सकारात्मक तथा सौहार्दपूर्वक छलफल भएको,
५. पार्टीभित्रको समझदारी, एकता र सहकार्यलाई दृढताका साथ अघि बढ्ने,
६. पार्टी र सरकारबीचको सम्बन्धलाई जनमूखी तथा अझ बढी प्रभावकारी बनाउने,
७. सरकारको जनमुखी कामलाई अझ बढी प्रभाकारी ढंगले अगाडी बढाउन पार्टीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने,
८. मन्त्रिपरिषद्को पुर्नगठन पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच छलफल गरी अन्तिम निर्णय गर्ने,










प्रतिक्रिया दिनुहोस्