राजनीति

ताप्लेजुङमा नेकपामा प्रवेश गर्नेको लर्कोः (नामावलीसहित)



ताप्लेजुङ, ७ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस त्यागी सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गर्नेका लर्को लाग्दै गएको छ ।

मुलुकभर कांग्रेस लगायतका विभिन्न पार्टी परित्याग गरी नेकपामा प्रवेश गर्नेको लहनै शुरु भएको छ । जसले गर्दा आगामी निर्वाचनामा कांग्रेसलाई आफ्नो पुरानो अस्थित्व जोगान नै संकट पर्ने देखिएको छ ।

ताप्लेजुङ जिल्लाको सदरमुकामको रुपमा फुङ्लिङ नगरपालिका वडा नं. ९ हाङ्देवा भोटे गाउँमा नेपाली कांग्रेस परित्याग गरि नेकपामा ४३ जना प्रवेश गर्नु भएको छ । केही दिन अघि जिल्लाको फक्ताङलुङ ३ लिङखिम वडा कमिटीको आयोजनामा नेपाली काङ्ग्रेस परित्याग गरि १४४ जना , लिम्बूवानबाट १६ जना र राप्रपाबाट ११ जना गरि १७१ जना नेकपामा प्रवेश गर्नुभएको छ ।

फुङ्लिङमा नेकपा प्रवेश गर्नेहरुको सूची

सम्पूर्ण नव प्रवेसीहरुमा नेकपाले भव्य रुपमा हार्दिक स्वागत गरेको छ । वर्तमान समयको माग र आवश्यकता अनुसारको विकास र समृद्धिको यात्राको नेतृत्व गर्ने जनमूखी पार्टी नै नेकपा भएकाले कांग्रेस लगायतका पार्टी परित्या गरी मुलुकको समृद्धिको लागि नेकपामा प्रवेश गरेको नवप्रवेशीले बताएका छन् ।